२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति नब्बे खर्ब ५० अर्बको बजेट

देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन्।

शुक्रबार सङ्घीय अर्थमन्त्री मिफता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए।

कुल नौ खर्ब ५० अर्ब रुपैयाँको बजेजमध्ये कर्जा प्रवाहका लागि तीन अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह र आठ खर्ब रुपैयाँ सार्वजनिक क्षेत्र विकास कार्यक्रमका निम्ति विनियोजन गरिएको जानकारी दिँदै अर्थमन्त्री इस्माइलले रक्षा खर्चका लागि १.५२३ खर्ब रुपैयाँ छुट्याइएको बताए।

बजेटमा गरिब जनताको हितमा लक्ष्यित अनुदानका लागि छ खर्ब ९९ अर्ब रुपैयाँ र विपन्न वर्गको उत्थानका लागि सञ्चालन गरिने अन्य कार्यक्रमका निम्ति एक अर्ब ४२ करोड रुपैयाँ अनुदान प्रस्ताव गरिएको छ। त्यसैगरी बजेटमा सङ्घीय राजस्व सात खर्ब रुपैयाँ र गैर राजस्व दुई खर्ब रुपैयाँ हुने अनुमान गरिएको छ।

बजेटलाई सन्तुलित, प्रगतिशील एवम् जनहितकारीको संज्ञा दिँदै प्रधानमन्त्री सहेबाज सरिफले आर्थिक जोखिमका प्रभाव घटाउन र जनताका समस्या कम गर्न आफ्नो सरकारले कठोर निर्णय लिँदै चुनौतीहरूबाट बाहिर निस्कने बताएका छन्। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App