४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपतिद्वारा नौ दैशका लागि नयाँ राजदूत नियुक्त

चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेको चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्बेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ। त्यसैगरी झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ भने झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको छ।

वाङ सुइकुनलाई रुवाण्डाका लागि राजदूत नियुक्त गरिएको छ भने लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको छ। राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् भने झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन्।

त्यसैगरी हान चुनलिनलाई रोमानियाका लागि राजदूत नियुक्त गरिएको छ भने वाङ टोङकिङलाई फिनल्याण्डका लागि राजदूत नियुक्त गरिएको छ। जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको  विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App