९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन रुसबीचको मध्यस्थताका लागि टर्कीका राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् बैठक

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस विषयमा परिचित स्रोतले स्पुतनिकलाई जनाएको छ।

एर्दोगानले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए। उनीहरू बीच रुसी र युक्रेनी वार्ताकारहरू बीचको अर्को चरणको वार्ता इस्तानबुलमा हुने सहमति जनाइएको छ। 'बैठक भोलि दिउँसो शुरु भएर साँझसम्म चल्ने अपेक्षा गरिएको छ। युक्रेनमा अङ्काराको मध्यस्थता एजेन्डामा शीर्ष विषय हुने' स्रोतले उल्लेख गरेको छ।

एर्दोगानले मार्च २४ मा ब्रसेल्समा हुने असाधारण शिखर सम्मेलनको छेउमा नेटोका सहयोगीहरूसँग गरेको वार्ताका बारेमा आफ्ना मन्त्रीहरूलाई जानकारी दिनेछन्। 'राष्ट्रपतिले मन्त्रीहरूको प्रतिक्रिया प्राप्त गर्नका लागि आफ्नो सम्पर्कहरूको बारेमा आफ्नो टोलीलाई  जानकारी गराउनु हुनेछ।' स्रोतले बताएको छ।

प्रकाशित: १४ चैत्र २०७८ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App