३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्। सो  प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन्।

कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ। पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ। जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।

प्रधानमन्त्री-निर्वाचित, एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको 'बलियो राजनीतिक आधारू छ' जुन 'पोर्तुगाली समाजमा विविध अनुभवहरू' भएका व्यक्तिहरू मिलेर बनेको छ। नयाँ मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुने बताइएको छ।

प्रकाशित: १० चैत्र २०७८ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App