१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ। वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो।

अमेरिकाले शनिबार वार्ताका लागि आह्वान गरेकोमा युक्रेनले अहिले वार्ताको औचित्य नभएको जवाफ दिएको थियो।शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको थियो। ती मध्ये तीन जना बालबालिका समेत रहेका थिए।  

युक्रेनी सेना र रुसी सेनाका बीचमा युक्रेनमा आइतबार पनि युद्ध जारी छ। आइतबार युक्रेनको दक्षिणी सरह नोभा काखोभ्कालाई रुसले आफ्नो नियन्त्रणमा लिएको छ। युक्रेनी सञ्चारमाध्यमले नै डीनीपर नदीको किनारमा रहेको यो सहरलाई रुसले नियन्त्रणमा लिएको जनाएका हुन्।

रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको नोभा काखोभ्काका नगरप्रमुखले बताउनु भएको छ।त्यसैगरी युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि रुसी सेना प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

खार्किभका क्षेत्रीय प्रशासन प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको पुष्टि गर्नु भएको छ। नागरिकलाई भने घर भित्रै रहन आग्रह गरिएको छ। 

प्रकाशित: १५ फाल्गुन २०७८ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App