७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको चम्बल नदीमा कार दुर्घटना, दुलहासहित नौं जनाको मृत्यु

भारतको राजस्थानको कोटामा आज बिहान कार दुर्घटना भएको छ। दुलहासहित नौं जन्तीलाई लिएर चौथको बरवाडाबाट उज्जैनका भैरुनालाको हरिजन बस्ती जाँदै गरेको कार चम्बल नदीमा खसेको हो।

एजेन्सीका अनुसार नयापुरा नजिकै ‘छोटी पुलिया’ मा भएको उक्त दुर्घटनामा सबैको मृत्यु भएको छ। सूचना पाउने बित्तिकै प्रहरी र निगमको गोताखोरको समूह घटनास्थलमा पुगेर उद्दारकार्य चलाइयो। नदीमा डुबेका सबैको शव बाहिर निकालिएको छ।

निगम गोताखोर विष्णु श्रृंगीका अनुसार दुर्घटना बिहान साढे पाँच बजे भएको थियो। जन्तीको अर्को एउटा बस पनि थियो जुन बस ७० जना सवार लिएर अगाडि बढेको थियो। जब बसले कोटा पार गरिसकेको थियो तब त्यसमा सवार जन्तीलाई कार त निकै पर भएको भान भयो।

त्यसपछि केही मानिसले कार चम्बलमा नै दुर्घटनाग्रस्त भएको जानकारी जन्तीलाई दिए। पैदल यात्रुले चम्बल नदीमा कार पल्टिएको देखेपछि निगमको गोताखोरको समूह घटनास्थल पुगेको थियो। क्रेनको मद्दतले कार बाहिर निकालिएको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App