७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा कोरोनाविरुद्ध लगाइएको प्रतिबन्ध तोकिए समय अगावै हटाइने

बृटिश प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताएका छन्। उनले बुधबार सो कुराको घोषणा गरेका हुन्।

बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसकाविरुद्धका प्रतिबन्धहरु लगाइएको छ। तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उनले गरेको बताइएको छ।

उनले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताए। उनले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराएका हुन्।

प्रकाशित: २७ माघ २०७८ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App