२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित

ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन्। कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। सन् २०११(१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए।

आइतबार राति आफ्नो कार्यलयमा समर्थकहरूसँग कुरा गर्दै राष्ट्रपति निर्वाचित बोरिकले चिलीका जनतालाई धन्यवाद दिएका थिए। उनले भनेका थिए,'म यो ऐतिहासिक क्षण सुरु गर्न चाहन्छु जुन अत्यन्तै रोमाञ्चक छ, र चिली र विश्वका आँखाले हेरिरहेका छन्, प्रजातन्त्रप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्दै मतदान गर्न जाने सबै चिलीवासीहरूलाई धन्यवाद',।  

प्रकाशित: ५ पुस २०७८ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App