२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानको राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको बिदाइमा खुसी व्यक्त

इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइमा खुसी व्यक्त गरेका छन्। ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै छन्।

‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो। उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन्’ रुहानीले एक टेलिभिजनमा गरेको टिप्पणीमा बताएका छन्।

शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन्। गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए। रिपब्लीकन पार्टीका उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन्।

राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए।

प्रकाशित: ७ माघ २०७७ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App