दक्षिण कोरियामा जन्मदर घटेको छ। गत वर्षको तुलनामा यस वर्ष त्यहाँ जन्मदर कम देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन्।
अधिकारीले गत वर्षको तुलनामा यस वर्ष जन्मदर कम्तीमा १४ प्रतिशत घटेको बताएका हुन्।
यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन्। ती अधिकारीका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा १४.४ प्रतिशत कम हुन आउँछ।
यो जन्मदर दक्षिण कोरियामा सन् १९८१ देखि सुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टिक्स कोरियाले जनाएको छ। दक्षिण कोरियामा युवतीले उमेर धेरै भएपछि मात्र विवाह गर्ने प्रचलन बसेको छ। जसका कारण यहाँको जन्मदरमा कमी आएको हो।
सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यामा कमी आएको देखिएको छ। यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशतभन्दा कमले विवाह गरेको पनि पाइएको छ।
प्रकाशित: ८ पुस २०७७ ११:४४ बुधबार