१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कृषि कानुनको विरोधमा आज भारत बन्द

नरेन्द्र मोदी सरकारले ल्याएको कृषि कानुनको विरोधमा आज किसानहरुले भारत बन्दको आयोजना गरेका छन्। ११ बजेदेखि अपराह्न्न ३ बजेसम्मका लागि बन्दको आयोजना गरेका हुन्। किसानहरुको आन्दोलनमा भारतका २४ पार्टीले समर्थन गरेका छन्। बन्दको समयमा यतायाता, बजारसमेत बन्द हुने किसानहरुले बताएका छन्।

सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा किसानहरुले निरन्तर प्रदर्शन गरिरहेका छन्। किसान आन्दोलनको पन्जाव र हरियाणामा बढी प्रभाव देखिएको छ। किसानहरुले शान्तिपूर्ण आन्दोलन हुने र जरुरी सेवालाई सुचारु हुन दिने बताएका छन्। बैंक युनियनले आफुहरु किसानको साथमा रहेको तर बन्दमा समेल नभएको बताएका छन्। उनीहरुले काममा रहँदा कालो पट्टी बाँध्ने बताएका छन्। व्यावसायिक यातायात र ट्रक युनियनसमेत यस आन्दोलनमा सहभागि छन्।

 

 

 

प्रकाशित: २३ मंसिर २०७७ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App