२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनावको नतिजा उल्टाउने प्रयासमा रहेका ट्रम्पलाई अर्काे ठूलो झट्का

चुनाव हारिसक्दा पनि जित्ने जिद्दी गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा अर्काे ठूलो झट्का लागेको छ।  

हुलाकबाट हालिएका लाखौं मतलाई ‘अवैध’ घोषणा गरी बदर गर्न ट्रम्पले हालेको निवेदन पेन्सिलभेनिया राज्यका न्यायाधीशले खारेज गरिदिएका हुन्।  

बिबिसीका अनुसार न्यायाधीश म्याथ्यु ब्रानले अनियमितता भएको भन्दै ट्रम्पको टोलीले गरेको मागदाबी ‘जायज नभएको’ ठहर गरेका हुन्।

यो निर्णयसँगै अब पेन्सिलभेनियामा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ।

उनले त्यहाँ ट्रम्पलाई ८० हजारभन्दा बढी मतले पराजित गरेका छन्।

यही नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो।

आफ्नो हार अस्वीकार गर्दै ट्रम्पले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाइरहेका छन्।  

बाइडनले चुनावमा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक (२७०) भन्दा बढी (३०६) इलेक्टरल मत ल्याइसकेको प्रक्षेपण गरिएको छ। ट्रम्पका पक्षमा यस्तो मत २ सय ३२ मात्र भएको छ।  

प्रकाशित: ७ मंसिर २०७७ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App