१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेकाे बताइएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनका विरुद्धमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो।

पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उनका विरुद्धमा यो प्रदर्शन गरिएको बताइएको छ।

हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरुको बसोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो।

यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका विरुद्धमा यो प्रदर्शन गरिएको हो।

प्रधानमन्त्री इमरान खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन्।

खान प्रधानमन्त्री भएपछिको यो उनको पहिलो पटक अफगानिस्तान भ्रमण भएको बताइएको छ। उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरुले थालेको शान्ति वार्ताको विषयमा कुराकानी गर्ने बताइएको छ।

हाल अफगानिस्तानको सरकार र यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानहरुका बीचमा शान्ति वार्ता शुरु भएको छ। गएको दुई महिना अघिदेखि नै कतारको दोहामा शुरु भएको भनिएको सो वार्तामा भएको प्रगतिको बारेमा भने केही बताइएको छैन।
रासस

प्रकाशित: ६ मंसिर २०७७ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App