५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसका कर्मचारी प्रमुखलाई कोरोना संक्रमण, ट्रम्पका निकट सहयोगी

मार्क मेडोज

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाउट हाउसका कर्मचारी प्रमुखलाई कोरोना संक्रमण भएको छ।  

राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटतम सहयोगी ‘चिफ अफ स्टाफ’ मार्क मेडोजलाई कोरोना संक्रमण पुष्टि भएको हो।  

उनी धेरैवटा सार्वजनिक कार्यक्रममा बिनामास्क सहभागी भएका थिए। उनलाई कोरोना भाइरस कहाँबाट सर्यो, अहिलेसम्म त्यसको एकिन हुन सकेको छैन।  

ह्वाइट हाउसका ठूला कर्मचारीलाई कोरोना संक्रमण भएको यो पहिलो घटना हो।  

अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म २ लाख ३६ हजार जनाको ज्यान गइसकेको छ। तीन दिनयता संक्रमणको दर पनि बढिरहेको छ। दिनमै हजारौं संक्रमित थपिइरहेका छन्।  

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाबाट ९८ लाख जना संक्रमित भइसकेका छन्। बिबिसी

प्रकाशित: २२ कार्तिक २०७७ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App