१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा भव्य अस्पतालभित्र भेन्टिलेटरमै युवती बलात्कृत

भारतस्थित एक अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक युवतीलाई बलात्कार गरिएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार फोर्टिस अस्पतालमा भर्ना भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरिएको हो।  

आफू बेहोस भएको मौका छोपी बलात्कार गरिएको पीडित युवतीले होसमा आएपछि आफ्ना बुबालाई बताएकी हुन्।  

अहिले पनि उनी भेन्टिलेटरमै छिन् र अझै राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन्।

उनले आफूलाई बलात्कार गरिएका बेला पीडकको नाम विकास भन्नेसम्म सुनेको तर अरू कुरा याद नभएको बताएकी छन्।  

प्रहरीले बलात्कारमा अस्पतालकै कर्मचारी संलग्न भएको हुन सक्ने आशंका गरेको छ र सिसिटिभी फुटेजका आधारमा दुई जनालाई पक्राउ गरी बयान लिइरहेको छ।  

पीडित युवतीका पिताका अनुसार छोरीलाई सास लिन कठिन भएपछि यही अक्टोरब २१ मा अस्पताल भर्ना गरिएको हो। अवस्था जटिल बनेपछि उनलाई भोलिपल्ट भेन्टिलेटरमा सारिएको थियो। 

उनी बेहोस भएको मौका छोपी बलात्कार गरिएको बताइएको छ। घटनाविरुद्ध अक्टोबर २९ का दिन प्रहरीमा उजुरी दिइएको हो।  

प्रकाशित: १५ कार्तिक २०७७ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App