२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भियतनाममा प्रयोग गरेर बिक्रीमा राखिएका लाखौं कण्डम बरामद

भियतनाममा प्रहरीले एक पटक प्रयोग भएर पनि विक्रीमा राखिएका कण्डम वरामद गरेको छ। सीएनएनका अनुसार ३ लाख ४५ हजार थान प्रयोग भइसकेका कण्डम प्रहरीले बरामद गरेको हो। ति कण्डमहरु ग्राहकलाई बुच्न राखिएको थियो।

सरकार नियन्त्रित भियतनाम टेलिभिजनले प्रशारण गरेको फुटेजमा कण्डम राखिएका दर्जनौ ठूला झोला देखाइएको छ। भिटिएका अनुसार प्रहरीले दक्षिणी भेगको बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा ति कण्डम फेला परेको हो। कण्डमसँगै उक्त कार्यमा संलग्न भएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। ति झोलाहरु करिव तौल ३ ससय ६० किलो भएको जनाइएको छ।

पक्राउ परेकी महिलाले मासिकरुपमा अपरिचित मानिसबाट ति कण्डम लिने गरेको सरकारी समाचारपत्र तुई टेरीले बताएको छ।  

ति महिलाले पहिले कण्डम तातोपानीमा उमाल्ने र लिंगको आकारको काठ प्रयोग गरि नयाँ जस्तै बनाएर प्याक गर्ने गरेको बताएकी छन्।

उनले ति कण्डम प्रतिकिलो ०.१७ अमेरिकी डलरमा खरिद गर्ने गरेकी थिइन्।

 

 

प्रकाशित: ९ आश्विन २०७७ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App