६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

उनले अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पु-याउन सो आग्रह गरेका हुन्। राष्ट्रपति असरफ घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएको बताए।

राष्ट्रपति असरफ घानीले  भने– हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ।  

हाल अफगानिस्तानको सरकार र त्यहाँ हिंसा गरिरहेका तालीबानीहरुका बीचमा कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ। राष्ट्रपति असरफ घानीले वार्ता गरेर मात्र हुदैन र त्यसलाई सफल बनाउनका लागि पनि हामीलाई विश्वको सबै समुदायको सहयोग चाहिएको छ उनले भने।

प्रकाशित: ८ आश्विन २०७७ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App