१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका प्रधानमन्त्री मोदीको ट्विटर ह्याक गरी पैसा मागियाे

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निजी वेबसाइटको ट्विटर अकाउन्ट ह्याक भएको छ ।  

बिबिसी हिन्दीका अनुसार ट्विटर कम्पनीले बिहीबार बिहान मोदीको ट्विटर अकाउन्ट ह्याक भएको पुष्टि गरेको हो ।  

ह्याकरले मोदीको ट्विटर ह्यान्डल ह्याक गरी फलोअर्सहरूलाई राहत कोषका लागि भन्दै क्रिप्टोकरेन्सीमा चन्दा दिन आग्रह गरेका थिए ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि जुलाईमा धेरै जना शीर्षस्थ व्यक्तिका ट्विटर ह्याक गरिएको थियो ।  

ट्विटरले रोयटर्ससँग मोदीको ट्विटर ह्यान्डल पनि ह्याक गरिएको जानकारी प्राप्त भएको भन्दै यसविरुद्ध आफूले सुरक्षा कदम चालिसकेको बताएको छ ।  

प्रकाशित: १८ भाद्र २०७७ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App