१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

फाइल तस्बिर : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी

कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै पिताको निधन भएको जानकारी दिएका हुन् । 

ट्विटमा अभिजितले लेखेका छन्, ‘गह्रुँगो मन लिएर यहाँहरूलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरुको सारा प्रयास तथा भारतभरिका जनताको आशीर्वाद र प्रार्थनाका बाबजुद मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। सहयाेगका लागि सबैलाई धन्यवाद ।’ 

उनको उमेर ८४ वर्ष थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी केही दिनदेखि अस्पतालको कोमामा थिए ।  

मस्तिष्क सर्जरीका लागि मुखर्जीलाई सैनिक अस्पताल भर्ना गरिएको थियो। सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो। 

उनले अगस्ट १० मा ट्वीट गर्दै आफुलाई कोरोना भएको सार्वजनिक गरेका थिए। मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए।

 

यो पनि पढ्नुहोस्

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर, फोक्सोमा फैलियो कोरोना

 

प्रकाशित: १५ भाद्र २०७७ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App