१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेलबाट भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ११ कैदीको मृत्यु

प्रतिकात्मक तस्बिर

पपुवा न्युगिनीको लाई सहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागरेर कम्तीमा ११ जनाको मृत्यु भएको मङ्गलबार प्रहरीले पुष्टि गरेको छ ।  

पपुवा न्युगिनीको गृह प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिरामी कैदीलाई उपचारका लागि अस्पताल लाने क्रममा बन्दीगृहको गेट खोलेको मौका पारी कैदीहरू सामूहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको सिलसिलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् । उनीहरू समाचार तयार पार्दासम्म फरार छन् ।’

उक्त समूहले जेलको सुरक्षार्थ खटिएका एक ड्युटी अफिसरलाई चक्कु प्रहार गरी जेलबाट बाहिर भागेका थिए । सुरक्षाकर्मीले भाग्न लागेको समूहलाई रोक्न खोज्दा झडप भएपछि चलाइएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको सुधार गृहका आयुक्त स्टीफन पोकानिसले पुष्टि गरे ।  

उनले मङ्गलबार एएफपीसँग भने, ‘हामीले आफ्नो तथ्याङ्कलाई अद्यावधिक गरेका छौं । जेल तोड्ने कार्यमा ४७ जनाको संलग्नता रहेको पाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ भने अन्य फरार छन् ।’

पपुवा न्युगिनीमा सन् २०२० मा जेलबाट भाग्न गरिएको चौथो ठूलो घटना हो । यस पहिले जनवरीमा बुइमो जेलबाट १६ कैदी जेल तोडी भागेका थिए । त्यस्तै सन् २०१७ मा भएको यस्तै एक घटनामा परी १७ व्यक्तिको मृत्यु भएको थियो । एएफपी

प्रकाशित: २ भाद्र २०७७ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App