coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन थपिए ५६ हजार संक्रमित, ९ सय जनाको मृत्यु

फाइल तस्बिर : भारतका काेराेना बिरामी

भारतमा केही दिनयता दैनिक लगातार ५० हजारभन्दा माथिको संख्या कोरोना संक्रमित थपिइरहेका छन् ।  

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतभर ५६ हजार २८२ व्यक्तिमा कोरोनाबाट संक्रमण पुष्टि भएको हो भने ९ सय ४ को मृत्यु भएको हो ।  

सबै गरेर अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६४ हजार ५३७ पुगेको छ । यसैगरी मृतकको संख्या ४० हजार ६९९ पुगेको छ । संक्रमितमध्ये १३ लाख २८ हजार ३३७ जना निको भइसकेका छन् भने ५ लाख ९५ हजार ५०१ संक्रमित उपचारमै छन् ।  

प्रकाशित: २२ श्रावण २०७७ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App