७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा कोभिड-१९ संक्रमितको संख्या १५ लाख नाघ्यो

भारतमा ‘कोभिड-१९’ संक्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । 

हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

प्रकाशित: १४ श्रावण २०७७ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App