१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महिला सशक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी : अध्ययन

कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ । पछाडि परेका महिलाहरुको सशक्तिकरणका लागि स्मार्ट फोन एउटा निकै प्रभावकारी साधन भएको अध्ययनको निष्कर्ष छ । 

म्याकगिल विश्वविद्यालय, अक्फोर्ड विश्वविद्यालय र बोकोनी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो । स्मार्ट मोबाईल फोनका कारण महिलाहरुमा बहुआयामिक विकास भएको र उनीहरुको अवस्थामा सुधार आएको अध्ययनले देखाएको छ । गरिबी न्युनिकरण, स्वास्थ्य सुधार र लैंगिक समानताका लागि पनि स्मार्ट फोनले सहयोग पुर्‍याएको अध्ययनकर्ताहरुले बताएका छन् । 

अध्ययनका क्रममा एक लाख महिलासँग अन्तरक्रिया गरिएको थियो । उनीहरु अङ्गोला, ब्रुरून्डी, इथियोपिया, मालावी, तान्जानिया, युगाण्डा र जिम्बाब्वेका रहेका छन् । अध्ययनकर्ताहरुले गत सन् १०१५ देखि २०१७ सम्म अध्ययन गरेका हुन् । स्मार्ट मोवाईल फोन प्रयोग नगर्ने भन्दा प्रयोग गर्ने महिलाहरु निर्णायक भूमिकामा हुने सम्भावना बढी पाइएको छ । 

अध्ययनकर्ताहरुका अनुसार स्मार्ट फोन प्रयोग गर्ने महिलाहरुले आफ्नो मोबाइल सेटको अभावमा पनि यसलाई चलाउने ज्ञान प्राप्त गर्ने गरेको र यसका कारण पुरूषहरूको तुलनामा उनीहरूमा प्रविधिको ज्ञान स्वभाविकरूपमा कमी रहेको जानकारी दिएका छन् । 

प्रकाशित: १५ असार २०७७ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App