२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोसोभोका रास्ट्रपति थिसीसहित ९ जना युद्ध अपराधको मुद्धामा दोषी ठहर

कासोवाका राष्ट्रपति हाशिम थिसीसहित अन्य पूर्व विद्रोही नेताहरुलाई युद्ध अपराधको मुद्धामा हेगस्थित अन्तर्राष्ट्रिय न्यायलयले दोषी ठहर गरेको छ। सन १९९८/०९९मा भएको स्वतन्त्रता संग्राम र त्यसपछि भएका जातीयद्वन्दमा भएको घटनामा हत्या तथा मानवतासहित युद्ध अपराधको मुद्धामा थिसीसहित अन्य ९ जनालाई अदालतले दोषी ठहर गरेको रोयटर्सले जनाएको छ।

अभियोगकै कारण, थासीले वाशिंगटनका लागि तय भएको आफ्नो यात्रा समेत स्थगित गरेका थिए। जहाँ शनिबार सर्बियाका राष्ट्रपति अलेक्जेंडर व्यूसिकसँग व्हाइट हाउसमा वार्ता गर्ने तय भएको थियो।  

कोसोवोका एक विशेष चेम्बर चैबर्सले थिसी तथा अन्य ९ जना लगभग सय हत्याका लागि जिम्मेवार छन्। जसमा सबै तथा रोमा पीडितसँगै कोसोवो अल्बानिया राजनीतिक प्रतिद्वन्दी पनि सामिल थिए।  

थिसी कोसोवो लिबरेसन आर्मी(केएलए)का एक सैन्य कमाण्डर थिए। जसले सर्बियाको लागि लडेका थिए। युद्धमा १० हजारभन्दा बढी मानिसहरु मारिएका थिए। जसमा अधिकांश जातीय अल्बानी थिए।

प्रकाशित: ११ असार २०७७ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App