८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गोली हानाहानमा सात तालिबानी लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताएका छन् ।  

मङ्गलबार बिहान सबेरै भएको यस दोहोरो झपडको क्रममा तालिबानी लडाकूहरु भागेका तर सात जनाको शव भने घटना स्थलमा फेला परेको बताइएको छ ।  

तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन् । छिमेकमा पर्ने सङ्गीन जिल्लामा सोमबार यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित: २ असार २०७७ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App