११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वभर कोभिड–१९ बाट लाखभन्दा बढी व्यक्तिको मृत्यु

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६९ लाख १६ हजार २३३ जना सङ्क्रमित भएका छन्।

जोन हकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरण अनुसार विश्वभर चार लाख दुई हजार ६९४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ।संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८०२ कोभिड–१९ सङ्क्रमित व्यक्तिको  मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी सङ्क्रमित रहेका छन्।

सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा छ लाख ७२ हजार ८४६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। ब्राजिलमा आइतबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३५ हजार ९३० पुगेको बताइएको छ।

त्यसैगरी रूसमा चार लाख ६७ हजार ७३ र बेलायतमा दुई लाख ८६ हजार व्यक्ति सङ्क्रमित भएका छन्। बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ। अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ।  रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ।  

यसैबीच कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ। भारतमा आइतबारसम्म दुई लाख ४७ हजार ६७८ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब १० हजार व्यक्तिको मृत्यु भएको छ।

भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा पाँचौँ स्थानमा पुगेको छ। 

प्रकाशित: २५ जेष्ठ २०७७ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App