१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान समूहका ११ जना लडाकू मारिए

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। उक्त भिडन्तमा अरु छ जना तालिबानी घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।  

प्रहरीले उक्त भिडन्तमा सुरक्षा फौजतर्फ कुनै क्षति नभएको जनाएको छ।  

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन।

यसैबीच, जाजी मैदान जिल्लाका बासिन्दाहरुले खोस्ट प्रान्तका सुरक्षा प्रमुख याकुबी जिल्लामा अज्ञात बन्दुकधारीको आक्रमणमा मारिएका बताएका छन्।  

तर खोस्टका स्थानीय अधिकारीहरुले उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेका छन्। सुरक्षा स्रोतहरुले सुरक्षा प्रमुखका दुई जना अंगरक्षक घाइते भएको बताएका छन्। कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी लिएका छैनन्। 

प्रकाशित: २५ जेष्ठ २०७७ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App