स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि लकडाउनको समय बढाउनका लागि संसदको अनुमति मागेको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन् ।
उनले स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भउको भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै आगामी जुन २१ गतेसम्म बन्दाबन्दी (लकडाउन)लाई बढाउने सोचका साथ अघि बढेका छन् ।
स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ । समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार एक पत्रकार सम्मेलनमा आफुले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका छन् ।
उनले कोभिड–१९ का कारण निकै ग्रस्त बनेको स्पेनले कोरोना भाइरसविरूद्धको लडाईको उत्तराद्र्धतिर पुगेको भएपनि समस्या पूर्ण नियन्त्रणमा भने आइनसकेको बताएका छन् ।
स्पेनी जनताले अन्त्तः कोरोनाविरूद्धको लडाईमा हजारौ नागरिकको ज्यान गएपनि सावधानीका कारण थप धेरै क्षति हुन नसकेको उनले बताए ।
प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसदले निर्णय दिने अपेक्षा गरिएको छ । संसदमा प्रधानमन्त्रीको गठबनधन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन । मध्यवादी सिउदादेअस पार्टीको समर्थन भएमा संसदमा प्रस्ताव पारित हुनेछ ।
प्रकाशित: १८ जेष्ठ २०७७ १५:४६ आइतबार