१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलाबेलामा कहाँ गायब हुन्छन् किम जोङ उन

साेल - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक रुपमा देखापरेपछि खुसी भएको जनाएका छन्।

उनले टुइटमा भनेका छन् – ‘उनी स्वस्थ्य भएको देखेर खुसी छु’। उत्तर कोरियाली नेता किम जोङ उन गत तीन सातादेखि सार्वजनिक रुपमा देखिएका थिएनन्।

किमको स्वास्थ्यको बारेमा विभिन्न अडकलबाजी गरिएको थियो। खासगरि गत अप्रील १५ मा किम आफ्नै हजुरबुवाको जन्मदिन समारोहमा उपस्थित भएका थिएनन्।

अहिले किम तीन हप्तापछि एक मल उद्योगको उद्घाटन कार्यक्रममा सार्वजनिक रुपमा देखा परेका छन्। समाचार एजेन्सी (केसीएनए)को रिपोर्टका अनुसार किमले गत शुक्रबार एक मल उद्योगमा रिवन काटेर उद्घाटन गरेको र त्याहाँ उपस्थित अधिकारीलाई आफ्नो खुसी व्यक्त गरेको जनाएको छ। 

गत सोमबार विभिन्न अडकलबाजी तथा अफवाहबीच ट्रम्ले भनेका थिए –‘किम जोङ उन अहिले कुन हातलमा छन् म बताउन चाहन्न र म उनी ठिक भएको कामना गर्दछु।’

राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच केही बर्षदेखि विभिन्न वार्ता भइरहेको छ। उनीहरुबीच राम्रो सम्बन्ध रहेको बताइन्छ। सन् २०१८ पछि दुईनेताबीच तीन पटक भेटवार्ता भएको छ। साथै पत्र पनि आदान–प्रदान भएको छ। ट्रम्पले यस कार्यलाई सानदार बताएका थिए।

परमाणु कार्यक्रमको विषयमा विभिन्न समाचार सार्वजनिक हुने गरेकाे उत्तर कोरियामा केहि महिनादेखी परमाणु कार्यक्रमको बारेका कुनै चर्चा भएको छैन।

उत्तर कोरियाको सरकारी मिडिया (केसीएनए) का अनुसार मल उद्योग उद्घाटन कार्यक्रममा किम केही कोरियाली अधिकारीका साथ उपस्थित थिए। सो कार्यक्रममा किमकी बहिनीको पनि उपस्थिती रहेको थियो। यो उद्घोग प्योङयाङको उत्तर क्षेत्रमा पर्दछ। कार्यक्रममा किमले यस उद्योगले देशको खाद्य क्षेत्रमा योगदान गर्ने बताएका थिए।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभाव उत्तर कोरियामा कस्तो छ भन्नेसम्मको सुचना बाहिर आउन सकेको छैन।

१५ अप्रीलमा आफ्ना हजुरबुवाको जन्मदिन समारोहमा किम जोङ उन सहभागी भएका थिएनन्। यो समारोहलाई उत्तर कोरियाले सबैभन्दा ठुलो राष्ट्रिय दिवसका रुपमा मनाउँछ। उनका हजुरबुवा उत्तर कोरियाका संस्थापक हुन्।  यही कार्यक्रममा नदेखिएका कारण उनको बारेमा चर्चा सुरु भएको थियो। यो कार्यक्रम किमका बुवाले कहिल्यै छुटाएका थिएनन्। 

सरकारी मिडियामा उनी गत अप्रील १२ मा लडाकु विमानको निरिक्षण गरिरहेको अवस्थामा देखिएका थिए, तर त्यो तस्बिर कुन मितीको हो भन्न्ने पुष्टी छैन।

उत्तर कोरियाबाट निकालीएका मानिसहरुको एक वेबसाइडमा किमको खराख स्वास्थ्यको बारेमा विभिन्न अड्कलबाजी सुरु भएको थियो। अघिल्लो बर्षको अगस्टदेखी किम मुटु रोगसँग लडिरहेको बताइन्छ। माउन्ट पेक्टूको यात्रापछि किमलाई रोगले झनै सताएको थियो।

किमको स्वास्थ्यलाई लिएर केहि अन्तराष्ट्रिय मिडिया लगायत अमेरिका तथा दक्षिण कोरियाली जासुसहरुले विभिन्न दावी सार्वजनिक गरेका थिए।

यसैबीच अमेरिकी मिडियाले किमको मुटुको सर्जरी भएको र उनी गम्भीर बिरामी रहेको बताएको थियो। तर, चीन र दक्षिण कोरियाली एज्न्सीले रोयटर्सलाई यो सुचना सहि नभएको बताएको थियो।

किम गायब भएको यो पहिलो पटक  भने होइन यस अघी पनि उनी  गायब भएका थिए। सन् १०१४ मा पनि उनी ४० दिन गायब भएका थिए। 

उत्तर कोरियाले आफ्नो गोपनियता उच्च राख्ने गरेको छ। यहाँको तथ्य तथा सुचना निकाल्न चुनौतीपुर्ण रहेको बताइन्छ। विश्वभर फैलिएको कोरोना भाइरसको प्रभाव उत्तर कोरियामा कस्तो छ भन्नेसम्मको सुचना बाहिर आउन सकेको छैन।

प्रकाशित: २१ वैशाख २०७७ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App