१६ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन

काएरो (एएफपी) – इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको मंगलबार निधन भएको छ। करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा ‘अरब वसन्त’ नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो।

उनको मृत्युको पुष्टि छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ। अलाले आफ्नो ट्विटमा लेखेका छन्, ‘हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा निधन भएको छ।’
उनको अन्त्येष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ।

सन् १९८१ मा तत्कालीन राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकुद्वारा हत्या भएपछि मुवारक राष्ट्रपति बनेका थिए। सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App