७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४० वर्षपछि क्युबामा प्रधानमन्त्री नियुक्त

हवाना (एजेन्सी)– क्युबाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्ने गरी सीमित अधिकारसहित चार दशकपछि देशमा प्रधानमन्त्री नियुक्त गरेका छन्।

राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार पाँच वर्षका लागि प्रधानमन्त्री नियुक्त गरेको क्युबाको समाचार संस्था एसिएनलाई उद्धृत गर्दै भारतीय समचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

मारेरो फिडेल क्यास्ट्रोपछि क्युबाका प्रधानमन्त्री बनेका छन्। क्यास्ट्रोले सन् १९७६ डिसेम्बरमा राज्यपरिषद्को प्रमुख भएपछि क्युबामा प्रधानमन्त्री प्रणालीलाई अन्त्य गर्दै आफू राष्ट्रपति बनेका थिए।

‘मारेरोको नियुक्तिलाई क्युबाको राष्ट्रिय सभाको शनिबार बसेको बार्षिक अधिवेशनको अन्तिम बैठकमा सभाका पाँच सय ९४ सदस्यले एकमतले अनुमोदन गरेका छन्। क्युबाको कानुन अनुसार कुनै पनि नयाँ नियुक्तिलाई सदर गर्न सभाको पूर्ण बहुमत आवश्यक पर्ने व्यवस्था रहेको छ,’ एसिएनले जनाएको छ। त्यसैगरी शनिबारको बैठकले नै उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि जिम्मेवारी दिएको छ।

क्युबामा राष्ट्रपति केनल राष्ट्रप्रमुख रहेका छन् भने भूतपूर्व राष्ट्रपति तथा शक्तिशाली नेता राहुल क्यास्ट्रो कम्युनिस्ट पार्टीको प्रथम मन्त्री (सचिव) को जिम्मेवारीमा रहेका छन्। उनीहरुबीच नै सरकार सञ्चालनको वास्तविक शक्ति नीहित रहने गर्छ।

क्युबाले तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोको पालाको प्रधानमन्त्रीलाई हटाएर मन्त्रिपरिषद् राष्ट्रपतिप्रति नै जिम्मेवार रहने कानुनलाई संशोधन गर्दै सन् २०१९ को फेब्रुअरीमा भएको राष्ट्रव्यापी मतदानद्वारा नयाँ संविधान निर्माण गरिएको थियो। यसै अनुरूप प्रधानमन्त्रीको नियुक्ति भएको हो।  

नयाँ सविधानमा पनि क्युबामा एक दलीय राजनीतिक व्यवस्थाको कल्पना गरिएको छ। यहाँको एक मात्र दलका रूपमा कम्युनिस्ट पार्टी रहेको छ र यसैको निर्देशनमा सरकारको नीति निर्माणको मार्गदर्शन हुने गर्छ।

प्रकाशित: ७ पुस २०७६ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App