२ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

बहमास- संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको  छ।
 
उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छाडेको हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ। 
 
समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ। बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका थिए। द्वीपबाट उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन्।

आँधीको कारण २ सय ६० घरका बासिन्दाहरू नराम्ररी प्रभावित भएकाले अबोको टापुको राजधानी नासाउ आइपुगेका बताइएको छ। बहमासका स्वास्थ्य मन्त्री ड्वाने सनड्सले यस डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३० बाट बढेर ४३ पुगेको पुष्टि गरेका छन्। 

यसअघि यस आँधीको प्रकोपबाट ३० व्यक्तिको मृत्यु भएको अमेरिका समाचार सञ्जाल सिएनएनले जनाएको थियो।  यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन्। एएफपी

प्रकाशित: २१ भाद्र २०७६ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App