१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘आप्रवासी मूलका सांसदविरूद्धको आलोचना अमेरिकी राष्ट्रपति ट्रम्पको जातिवादी अभिव्यक्ति’

वासिङ्टन–आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई आफ्नो घर फर्किनसक्ने भनी ट्वीटरमार्फत आलोचना गरेका थिए। राष्ट्रपति ट्रम्पको भनाई अमेरिकी संसद (कङ्ग्रेस) मा प्रतिनिधित्व गर्ने सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले र इल्हान ओमरलाई सङ्केत गरी आएको सञ्चारमाध्यमहरूले लेखेका छन्। ट्वीटमा ती सांसदको नाम भने उल्लेख गरिएको छैन।

कोर्टेज, तलाइब, प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् भने सांसद ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्। राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।

प्रगतिशील धार (लिवरल डेमोक्रेट्स)का ती चार महिला सांसदसँग सभामुख पेलोसीको सीमा सुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको र यसलाई सञ्चारमाध्यममा व्यापकता पाएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्। यस सन्दर्भलाई लिएर सोमबार अमेरिकी डेमोक्रेट्स पार्टीका नेताहरू, बेलायती प्रधानमन्त्री टरिजा मेलगायतले अमेरिकी राष्ट्रपतिको सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्। रासस

प्रकाशित: ३० असार २०७६ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App