२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

लस एन्जल्स - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प गएको छ। लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ। भूकम्पका कारण कुनै मानविय क्षतिको विवरण आएको छैन।

तर भौतिक क्षति भने भएको समाचारमा जनाइएको छ। भूकम्पका कारण नगरका विभिन्न ठाउँमा आगलागी भएको र नियन्त्रणको प्रयास जारी रहेको समाचारमा उल्लेख छ। उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन्।

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्।

प्रकाशित: २० असार २०७६ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App