coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेहुलाले दाइजो लिन मानेनन्, बेहुली पक्षले दिए किताब उपहार

भारत– भारतको पश्चिम बंगालमा एक जना दुलाहालाई दाइजो स्वरुप एक लाख रुपैयाँ बराबरको किताब दुलही पक्षले दिएका छन्। खासमा दुलाहा बनेका शिक्षक सूर्यकान्त बरिकले विहेमा दाइजो नलिने सर्त राखेका थिए। तर केटी पक्षले १ लाख रुपैयाँको एक हजार किताब किनेर उनलाई अचम्ममा पारिदिए।

छोरी र ज्वाईलाई किताब पढ्ने धेरै सौख भएकाले केटीका आमाबुवाले दाइजो स्वरुप एक हजार किताब उपहार दिएका हुन्। विहेमा आउंने पाहुनालाई समेत उपहार ल्याउनमा रोक लगाएका थिए।

यदि ल्याउनु परेमा फुल या किताब मात्र ल्याउन आग्रह केटी पक्षले गरेको थियो। बेहुला सूर्यकान्त भन्छन्, ‘विहेमा यति धेरै किताव उपहार पाए अब मैले आफ्नै लाइब्रेरी खोल्न सक्छु।’

 

प्रकाशित: ३ असार २०७६ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App