२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रियाका चान्सलर कर्ज अपदस्थ

भियना – अस्ट्रियाका चान्सलर सेबास्टन कर्जलाई अविश्वासको मतका आधारमा अपदस्थ गरिएको छ। विशेष संसदीय सत्रमा कर्जलाई पदबाट हटाइएको हो। उनको पूववर्ती गठबन्धन साझेदार अति–दक्षिणपन्थी फ्रिडम पार्टी (एफपिओ) र विपक्षी सोसियल डेमोक्र्याट्स (एसपिओ)ले सोमबार उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए।

कर्जको दल पिपुल्स पार्टीले गत साता सम्पन्न युरोपेली संसद्को निर्वाचनमा सशक्त विजय हासिल गरेपनि उनलाई अविश्वासको मतद्वारा सोमबार पदबाट हटाइएको हो। राष्ट्रपतिले अब अर्को निर्वाचन तोक्ने र सो समयसम्मका लागि कामचलाउ सरकारका लागि आह्वान गर्नुपर्ने अस्ट्रियाको कानुनी व्यवस्था छ।


अस्ट्रियाका राष्ट्रपति एलेक्सजेन्डर भान डेर बेल्लेनले भाइस–चान्सलर हार्टविग लगरलाई अन्तरिम सरकारको प्रमुखका रूपमा नियुक्त गरेका छन्।

अस्ट्रियामा यसै महिनाको सुरुमा एक भिडियोमार्फत कर्ज सरकारको गठबन्धन सहयोगीसमेत रहेको एक दक्षिणपन्थी समूहका नेता तथा पूर्व भाइस–चान्सलर हेन्ज क्रिस्चियन स्टार्चले एक महिलासँग गरेको कुरालाई लिएर सञ्चारमाध्यममा समाचार आएपछि स्टार्चले राजीनामा दिएका थिए। सो गोप्य भिडियो बाहिरिएपछि एफपिओ राजनीतिक रूपमा विवादमा तानिएको थियो, जसले कर्जसँगको गठबन्धनसमेतको अन्त्य गरायो।

एक धनाढ्य रुसी कुलीन परिवारकी नातेदार भनेर विश्वास गरिएकी ती महिलासँग भाइस–चान्सलरले अस्ट्रियाली निर्वाचनलाई प्रभावित पार्ने सन्दर्भमा भएको कुराकानी सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा गत शनिबार पार्टी तथा सरकारको नेतृत्वबाट राजीनामा दिएका थिए। उनीमाथि राजनीतिक सहयोगका लागि कुनै शक्तिशाली समूहलाई सरकारी करार पारिदिन सम्झौता गरेको आरोप लागेको थियो। भाइस चान्सलरको राजीनामालाई कर्जले सोही दिन स्वीकृत गरेका थिए।

यसैबीच, अस्ट्रियाका राष्ट्रपति एलेक्सजेन्डर भान डेर बेल्लेनले भाइस–चान्सलर हार्टविग लगरलाई अन्तरिम सरकारको प्रमुखका रूपमा नियुक्त गरेका छन्। लगर कर्जको मध्य–दक्षिणपन्थी पिपल्स् पार्टीका नेता हुन् र हालका अर्थमन्त्रीसमेत हुन्। अस्ट्रियामा आउँदो सेप्टेम्बर महिनामा आमनिर्वाचन हुने अनुमान गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App