२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा नयाँ मन्त्रीपरिषद् गठन

फाइल तस्बिर

कोलम्बो - श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन्।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन्।

सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आइतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए। “संचार माध्यम र प्रहरीलाई साथमा राखेर नियुक्त गर्न चाहेकाले उनले मन्त्रीहरू नियुक्त गर्न ढिला भएको हो,” सरकारका प्रवक्ता रजिथा सेनारत्नेले भने। नयाँ मन्त्रीपरिषद्को कानुन मन्त्रीमा भने कसैलाई नियुक्त नगरिएको उनले बताए।

विक्रमासिङ्घेको पहिलेको सरकारका अर्थ र परराष्ट्रमन्त्रीलाई भने अहिले परिवर्तन नगरिने भएको छ। अर्थमन्त्रीमा मङ्गला सामाराविरा र विदेशमन्त्रीमा तिलक मारापानालाई जिम्मेवारी दिइएको छ। राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पुर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई नियुक्त गरेका थिए। तर संसद र सर्वोच्च अदालतले उनको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उनले पुरानै अवस्थामा फर्किनु परेको हो। आफैले हटाएको प्रधानमन्त्रीलाई फेरि नियुक्त गर्नुपरेपछि राष्ट्रपति सिरिसेनालाई काम गर्न गाह्रो हुने ठानिएको छ।

प्रधानमन्त्री विक्रमासिङ्घेले नयाँ बर्ष सन् २०१९ का लागि बार्षिक बजेट बनाउने विषय आफ्नो अहिलेको प्रमुख प्राथमिकता रहेको बताएका छन्। 

प्रकाशित: ५ पुस २०७५ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App