६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमिताभ बच्चनले तिरिदिए भारतीय किसानको ऋण

काठमाडौं – बलिउड सुपरस्टार अमिताभ बच्चनले आफ्ना देशका किसानहरूको ऋण तिरिदिएका छन्। करिब ५ लाख ६० हजार अमेरिकी डलर बराबरको किसानको ऋण बैंक अफ इण्डियामार्फत चुक्ता गरेको उनले बताएका छन्।

उनले १ हजार ३ सय ९८ किसानको ऋण चुक्ता गर्न पाउँदा आफूले केही पाएजस्तो अनुभव गरेको आफ्नो ब्लगमा उल्लेख गरेका छन्। सबै किसानहरू बच्चनको जन्मभूमि उत्तर प्रदेशका हुन्।

अझै पनि भारतमा हजारौं किसानहरू ऋणमा छन्। भारतमा सन् १९९५ यता कम्तिमा पनि ३ लाख किसानहरूले ऋणकै कारण आत्महत्या गरिसकेका छन्। ७६ वर्षीय बच्चन भारतका सबैभन्दा लोकप्रिय र प्रसिद्ध अभिनेतामध्ये एक हुन्।

प्रकाशित: ५ मंसिर २०७५ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App