१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

काठमाडौं – भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका जम्मु तथा कस्मिर स्टेट सेक्रेटरी अनिल परिहार तथा उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार राति आफ्नो निवास फर्किदै गर्दा किस्तवर जिल्लामा अज्ञात बन्दुकधारीले उनीहरु माथी गोली प्रहार गरेका हुन्।

उनीहरुमाथी गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन। भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह तथा अन्य भारतीय नेताहरुले घटनाको तिब्र निन्दा गर्दै छानविनको माग गरेका छन्।

घटना पछि भारतीय जनता पार्टीका कार्यकर्ताले जम्मुमा प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: १६ कार्तिक २०७५ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App