९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भाजपाका अध्यक्षलाई अदालतमा उपस्थित हुन आदेश

नयाँ दिल्ली- भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ। फौजदारी कानूनको उलङ्घन गरेको आरोप सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले उहाँलाई यस्तो आदेश दिएको हो। 

पश्चिम बङ्गाल राज्यका मुख्यमन्त्री तथा सत्तारुढ दल त्रिनामुल कङ्ग्रेस पार्टीकी बरिष्ठ नेता ममता बेनर्जीको भतिज अभिशेक बेनर्जीले दिएको मुद्दाका आधारमा अदालतले शाहलाई उक्त आदेश दिएको बताइएको छ। “महानगरीय अदालतले उहाँलाई आउँदो सेप्टेम्बर २८ तारिख सम्ममा अदालतमा उपस्थित हुन बुधबार आदेश दिएको छ,” एक वकिलले बिहीबार भने।

उनका विरुद्धमा परेको मुद्दाका बारेमा शाहलाई पत्राचार गरिसकिएको र घटनाका बारेमा गल्ती स्विकार्दै माफी माग्ने अपेक्षा गरिएको छ। तर अध्यक्ष शाहको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको अधिकारीहरुलाई उद्धृत गर्दै एएनआइले लेखेको छ। 

प्रकाशित: १४ भाद्र २०७५ १६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App