२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ओबामा केन्या भ्रमणमा

तस्बिर : एजेन्सी

नैरोबी -अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या गएका छन्।

दुईदिने भ्रमणका लागि उनी आइतबार केन्याको राजधानी नैराेबी गएका हुन् । नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटासँग भेटवार्ता गरेका थिए।

केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्ने कार्यतालिका तय भएकाे छ । केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमका लागि ओबामा केन्या अाएका हुन्।

उनको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झै शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पुर्याउने बताइएकाे छ।

 

प्रकाशित: ३२ असार २०७५ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App