१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

इस्लामावाद- पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ। 

इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको छ। आइतबार पनि राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको छ। 

यस आक्रमणमा भएको हताहतको भने समाचार आएको छैन । शनिबारमात्र पनि यस्तै हिंसाका घटनामा परी कम्तीमा १०५ जनाको मृत्यु भएको थियो। 

आइतबार बिहान इस्लामावादमा निर्वाचन प्रचारको लागि आयोजना गरिएको निर्वाचन सभामा बम हमला भएको समाचार प्राप्त भएको छ। 

उक्त आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन्। तर त्यहाँ के कति जनाको मृत्यु भएको छ भन्ने बारेको पूर्ण विवरण भने आइसकेको छैन। 

शनिबारमात्र पनि बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा भएको घटनामा परी १०५ जनाको ज्यान गएको थियो। 

त्यस्तै सो आक्रमणमा अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका थिए। यसमा परी मृत्यु हुनेमा एकजना स्थानीय नेतासमेत रहेका बताइएको छ। 

लडाकूको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूले गराएको जिम्मेवारी लिएको छ। पाकिस्तानमा जारी यो पछिल्लो हिंसाका लागि यहाँका आइएस अतिवादी जिम्मेवार रहेका छन्। 

पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। 

यही जुलाइको अन्तिम साताका लागि आह्वान गरिएको संसदकोे निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसाका घटनामा पनि वृद्धि भइरहेको बताइएको छ। 

प्रकाशित: ३१ असार २०७५ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App