७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारत – भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

प्रहरीले मंगलबार बाङ्काको कादरा गाउँ स्थित एक घरबाट ३ जनाको शव बरामद गरेको हो। शवसँगै प्रहरीले हत्या गरिएको ठाउँबाट हत्या गर्न प्रयोग गरिएका धारिला हतियार समेत फेला पारेको छ।

प्रहरीका अनुसार हत्या गरिएकामा स्थानीय परमेश्वर यादवकी १४ वर्षीय छोरी पवि कुमारी, ९ वर्षीय अनिता र ७ वर्षीय प्रियंका रहेका छन्।

हत्या किन गरिएको भन्ने प्रष्ट भैनसकेपनि बलात्कारको घटना बाहिर आउन सक्ने डरमा उनीहरूको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ। फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको छ। 

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App