एजेन्सी– पर्स प्राय सबैले बोक्ने वस्तु हो। पर्समा पैसाका साथै क्रेडिट कार्ड, डेबिट कार्ड, भिजिटिङ्ग कार्ड, ड्राइभिङ लाइसेन्स, आइडी कार्ड लगायत राख्ने गरिन्छ। यसलाई धेरैले पछाडिको खल्तीमा राखेर बोकिन्छ।
चिकित्सकका अनुसार विभिन्न अत्यावश्यक वस्तु राखेर मोटो पर्स पछाडि खल्तीमा बोक्दा हाम्रो स्वास्थ्यमा विभिन्न तरिकाले नोक्सान पुगाउन सक्छ।
जब पछाडि खल्तीमा गरुङ्गो र मोटो पर्स राखेर लामो समयसम्म बस्दा पुठ्ठा नजिकैको साइटिका नशा च्यापिन्छ। जसका कारण हिप ज्वाइन्ट र कम्मरको तल्लो भागमा दुखाई सुरु हुन्छ। यो दुखाई बढ्दै बढ्दै पञ्जासम्म पुग्छ र खुट्टा सुन्निन थाल्छ।
जब हरेक दिन यसरी दुखाई हुन थाल्छ त्यतिबेला यसलाई पिरिफोर्मिस सिन्ड्रोम भनिन्छ। पछाडिको खल्तीमा पर्स राख्नुको कारणले पुठ्ठा एकातिर ढल्किन्छ। जसका कारण ढाडमा बढी दबाव पर्छ। यसबाट ढाडको हड्डी बाङ्गो हुनसक्छ। साथै यदि ढाडको हड्डीमा पहिलादेखि कुनै समस्या छ भने पर्स पछाडिको खल्तीमा राख्दा झनै बढ्न सक्छ।
प्रकाशित: १३ जेष्ठ २०७५ ०८:५४ आइतबार