८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

झारखण्डमा पहिलो चरणको मतदान जारी, विभिन्न ११ राज्यका ३३ सिटका लागि पनि मतदान हुँदै

फाइल तस्बिर

भारतको झारखण्डमा पहिलो चरणको मतदान सुरु भएको छ। राज्यका ८१ विधानसभा सीटहरू मध्ये ४३ वटामा मतदान जारी छ।

झारखण्ड निर्वाचनमा बिजेपी नेता एवं झारखण्डका पूर्व मुख्यमन्त्री चम्पाई सोरेन पनि चुनावी मैदानमा छन् भने ४३ सिटका लागि भइरहेको मतदानमा पूर्व सांसद गीता कोडासमेत ६८३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

यसैबीच, नयाँ मतदातालाई बधाई दिदैँ प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्रको यस पर्वमा उत्साहका साथ सहभागी हुन सबैसँग आग्रह गरेका छन्।

झारखण्डमा दुई चरणमा विधानसभा चुनाव हुँदैछ। दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ। निर्वाचनको नतिजा नोभेम्बर २३ मा सार्वजनिक गर्ने भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ।

त्यस्तै भारतको विभिन्न ११ राज्यका ३३ विधानसभा सिटका लागि पनि मतदान जारी रहेको छ। जसमा भारतका बिहार, पश्चिम बंगाल, मध्य प्रदेश, छत्तीसगढ, केरला, राजस्थान र असम लगायतका रहेका छन्।

उपनिर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीसहितका नेताहरू चुनावी मैदानमा छन्। गान्धी केरला राज्यको वायनाड क्षेत्रबाट लोकसभा सदस्यका लागि उम्मेदवार छिन।

प्रकाशित: २८ कार्तिक २०८१ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App