७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको आदेश

इजरायली सेनाले दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू तुरुन्तै खाली गर्न आदेश दिएको छ।

सेनाले दुई नक्सामा सुविधाहरू चिह्न लगाउँदै र सेनाले चाँडै तिनीहरूविरुद्ध ‘काम गर्ने’ भन्दै आइतबार बिहान उक्त आदेश दिएको हो।

उक्त ‘जरुरी चेतावनी’ सेनाका अरबी प्रवक्ता अभिचय अद्राईद्वारा जारी गरिएको छ।  

लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा गढ रहेको इरान–समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले आफ्नो अभियान तीव्र पारेको छ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासको सहयोगी हिजबुल्लाहबीच गत वर्ष गाजामा युद्ध सुरु भएपछि लेबनानी सीमापार लगभग दैनिक गोलाबारी आदानप्रदान भइरहेका थिए।

यद्यपि इजरायलले विनाशकारी हवाई आक्रमणहरू सुरु गर्दै र स्थल सेनाहरू तैनाथ गर्दै गत महिनाको अन्त्यतिर आफ्नो अभियानलाई तीव्र रूपमा बढाएको थियो।

लेबनानी स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार सेप्टेम्बरको अन्त्यदेखि युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाको ज्यान गएको छ। रासस

प्रकाशित: ४ कार्तिक २०८१ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App