२६ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइभोरी कोस्टमा बर्सेनि ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु

धुम्रपानका कारण आइभोरी कोस्टमा बर्सेनि छ हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

आइभोरी कोस्टका ‘महिला लयर्स एसोसिएसन’का उपमहासचिव एन्डोसिन टोमोउ डे टुआलीले बुधवार राजनीतिक राजधानी यामुसौक्रोमा एशोसिएशनले सुरु गरेको धुम्रपान विरोधी अभियानका क्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेकी हुन्।

सङ्गठनले आइभोरी कोस्टमा सुर्तीजन्य पदार्थको सेवन तीव्र गतिमा बढिरहेको भन्दै यसलाई ई–चुरोटलगायत सबै प्रकारका धुम्रपानको जोखिमबारे जनचेतना जगाउन र अकालमा हुने यस्ता मृत्युलाई रोक्न आह्वान गरेको छ।

सुर्तीविरूद्धको राष्ट्रिय कार्यक्रमका उपसंयोजक ओमर कौलिबालीले भने, 'सक्रिय र निष्क्रिय धूम्रपान दुवैले क्यान्सर, कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगजस्ता गम्भीर रोगहरू निम्त्याउँछ। गर्भावस्थाको समयमा धुम्रपान गर्दा भ्रुणमा विकृतिहरू हुन्छन्।'

उनले ‘युवाहरूलाई जहिल्यै पनि धुम्रपान गर्नबाट रोक्न’ प्रयास गर्नुपर्ने बताए।

सन् २०१२ मा सार्वजनिक स्थलमा धुम्रपानमा प्रतिबन्ध र सन् २०१९ मा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन लागू भए तापनि आइभोरियालीमाझ धुम्रपान निकै लोकप्रिय छ। रासस

प्रकाशित: २६ आश्विन २०८१ १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App