१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बच्चा कारभित्र थुनिएपछि...

सिङ्गापुर– सिङ्गापुरमा ३ बर्षीय बालक आफ्नो बुवाको कारमा आधा घण्टासम्म थुनिएका छन्। 

साँझ ६ बजे किनमेलका लागि बजार जाने क्रममा पिताले गाडीलाई लक गरी प्यासेनजर ढोकाबाट बहिर निस्किएका थिए। कारबाट बाहिर निस्कनु पूर्व उनले गाडीको चाबी आफ्नो छोरालाई दिएका थिए। बाहिर निस्कने बितिकै अन्जानबस ३ बर्षीय छोराले चाबी थिच्दा कार भित्रैबाट लक हुन पुगेको थियो। 

छोरो थुनिएको थाहा पाउने बितिकै नजिकैको कार वर्कशपमा सम्पर्क त गरे, तर अनलक गर्न १ घण्टा लाग्ने भएपछि पिताले सिभिल डिफेन्स फोर्सलार्इ सम्पर्क गरेका थिए। करिब आधा घन्टाको डिफेन्स फोर्सको बिशेष टोलीको प्रयासपछि उनलाई सकुशल निकालिएको थियो।

स्वास्थ स्तिती सामान्य भएकाले उनलाई अस्पताल लैजान नपरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७४ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App