३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाइजेरियामा डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु

फाइल तस्बिर

नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतवार बताएका छन्।

पच्चासभन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुङ्गा गुम्मी नजिकैको नदीमा पल्टिएको हो।

डुङ्गामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए। दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए।

स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताए।

नाइजेरियामा प्रायः डुङ्गा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुने गरेको छ। रासस

प्रकाशित: ३१ भाद्र २०८१ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App