६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘राजनीतिक समस्याको हल मतदानले गर्छ’

इस्लामाबाद–पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभएर जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन् ।

  पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफलाई सर्वोच्च अदालतले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अब्बासीको यस्तो भनाई आएको हो ।  पूर्व प्रधानमन्त्री सरिफका परिवारका सदस्यले अवैध रूपमा ठूलो धन राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उनीमाथि पदीय मर्यादा विपरित भ्रष्टाचार गरेको आरोप लागेको थियो । यसै प्रकरणमा उनले पदबाट राजीनामा दिएका थिए ।

  ‘मतदातालाई राजनीतिक निर्णय गर्न दिऊँ,’ अब्बासीले बताए । ‘राजनीतिमा को दोषी को इमान्दार भन्ने बिषय जनताबाट आउने निर्णय हो तर अदालती निर्णय होइन । जनताले पिएमएल–एन लाई छिट्टै सम्पन्न हुने निर्वाचनले अत्यधिक मतका साथ सशक्त शक्तिका रूपमा उभ्याउने छन्,’ उनले बताए ।  

  पाकिस्तानी प्रधानमन्त्री अब्बासीको यस्तो भनाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश मियाँ सादिक निसारसँगको भेटपछिको आफ्नो दलका समर्थकलाई गरेको सम्बोधनका क्रममा आएको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।

 

प्रकाशित: १९ चैत्र २०७४ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App